कोभिडलाई अब जापानले महामारी राेग नमान्ने, मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने तयारी
एजेन्सीः जापानले ‘कोभिड १९’ लाई महामारी राेगकाे वर्गबाट मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने भएकाे छ।
सीएनएनका अनुसार जापानका प्रधानमन्त्री फुमियो किशिदाले कोभिड-१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने तयारी गरिएको बताएका हुन्।
जापानमा हाल कोभिडलाई राेगहरू मध्ये दोस्रो श्रेणी दिइएको छ। यस श्रेणीमा क्षयरोग र एभियन इन्फ्लुएन्जा पनि पर्छन्।
अब भने अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौं स्थानमा राख्ने योजना बनाएकाे जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले भने अझै पनि कोभिडलाई महामारीको रूपमा गणना गर्दछ। जापानमा अझै पनि प्रतिदिन कोरोना भाइरस सङ्क्रमणकाे दर एक लाखभन्दा माथि छ।
माघ ८, २०७९ आइतबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।