रोल्पामा पहिलाे पटक स्नातकोत्तर तहकाे पढाइ हुँदै
राेल्पाः रोल्पामा पहिलाे पटक स्नातकोत्तर तहको अध्यापन सुरु हुने भएको छ। सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो।
यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुँदा यहाँका विद्यार्थीहरु दाङ, नेपालगञ्ज, प्यूठान, बुटवल, काठमाडाैं लगायतका स्थानमा जानुपर्ने बाध्यता थियो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत ‘पाठ्यक्रम र मूल्याङ्कन’ विषय अध्यापन गराउन लागेको हाे।
क्याम्पस प्रमुख खेम खड्काका अनुसार आगामी फागुन ५ देखि नियमित पठनपाठन सुरु गर्ने योजना रहेको छ।
माघ ८, २०७९ आइतबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।