प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको कांग्रेस नेता कोइरालाको निष्कर्ष

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको कांग्रेस नेता कोइरालाको निष्कर्ष
फाइल तस्बिर

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएर गल्ती गरेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्। आज संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन्।

कोइरालाका अनुसार उनले तटस्थ बस्न प्रस्ताव गरेको भए पनि पार्टीमा सुनुवाइ नभएको र बहुमतको निर्णय मान्नुपर्ने बाध्यता भएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयविरुद्ध पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापासहित अर्जुनरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले लिखित असहमति जनाएका थिए।

हाल बदलिएको राजनीतिक समीकरण, आउँदो केन्द्रीय समिति बैठक, राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबारे छलफल गर्न शेखर समूहको बैठक जारी छ। यस्तै कांग्रेसको संसदीय दलको निर्वाचनमा संस्थापनइतरका उम्मेदवारले आफ्नै समूहको मत नपाएको सन्दर्भमा पनि छलफल भएको थियो।

माघ ८, २०७९ आइतबार ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।