भीरबाट खसेर एक जनाको मृत्यु, बिरामी अवस्थामा फेला परेका अर्का एक जनाको पनि गयो ज्यान

भीरबाट खसेर एक जनाको मृत्यु, बिरामी अवस्थामा फेला परेका अर्का एक जनाको पनि गयो ज्यान
साङ्केतिक तस्बिर

काठमाडौं: तनहुँमा शनिबार भीरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ। शनिबार धमिलीकुवा सामुदायिक वनको भीरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका उनी बिरामी अवस्थामा फेला परेकामा उपचारका लागि जीपी कोइराला अस्पताल लगिएकामा राति १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

माघ ८, २०७९ आइतबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।