आज सोनाम ल्होसार, सार्वजनिक बिदा

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

काठमाडौं: आज सोनाम ल्होसार पर्व परेको छ। विशेषगरी तामाङ समुदायले मनाउने यस पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन पर्ने गरेको छ।

नयाँ वर्षको रूपमा सोनाम ल्होसार तामाङसहित ह्योल्मो, थकाली, जिरेल, दुरा, लेप्चा आदि जातिहरूले आआफ्नो परम्पराअनुसार मनाउने गर्छन्। यस अवसरमा तामाङ समुदायले टुँडीखेलमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ हुन्छ। मञ्जुश्री पात्रोअनुसार आजबाट २८५९ सालको सुरुआत भएको छ।

सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा पनि दिइएको छ।

माघ ८, २०७९ आइतबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।