जसपा र एकता समाजवादी एकताका लागि दस्तावेज अध्ययन गर्दै कार्यदल
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)बीचको एकतावार्ता समितिले कार्यदल गठन गरी एक अर्काका दस्तावेज अध्ययन थालेको छ।
शुक्रबार बसेको एकता वार्ता समितिको बैठकले एक अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा. विजय पौडेल रहेको कार्यदल बनाएको छ।
कार्यदलले दुवै पार्टीबीचका समानता र असमानता पहिल्याइ आगामी बैठकमा पेश गर्नेछ।
कार्यदलले पहिल्याएका समान धारणाहरूमा सहकार्य गर्दै जाने र असमान धारणाहरू हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको छ।
माघ ७, २०७९ शनिबार २१:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।