अफगानिस्तानमा शीतलहरका कारण १०४ जनाको मृत्यु

अफगानिस्तानमा शीतलहरका कारण १०४ जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ।

तालिबान सरकारले देशका विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु हुनेको रिपोर्ट आएको र मानिसले आर्थिक क्षति बेहोर्नु परेको बताएको छ।

शीतलहरका कारण करिब ७० हजार पशुपक्षीसमेत मरेको सरकारले जनाएको छ। 

तालिबानका प्रवक्ताले सरकारी निकायको सहयोगमा एक महिनामा करिब ४० हजार परिवारलाई खाना र पेय उपलब्ध गराएको र सहयोग जारी रहेको बताए।

अफगानिस्तानमा कडा चिसोका कारण मानवीय संकट बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले पनि चिन्ता व्यक्त गरेको छ।

माघ ७, २०७९ शनिबार २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।