अमेरिकामा अण्डाको भाउ अकासिएपछि तस्करी बढ्यो, कति पुग्यो गाेटाकाे मूल्य?

अमेरिकामा अण्डाको भाउ अकासिएपछि तस्करी बढ्यो, कति पुग्यो गाेटाकाे मूल्य?

एजेन्सी : अमेरिकामा एक दर्जन अण्डाको मूल्य जनवरी २०२२ मा १.९३ डलर अर्थात २५० रूपैयाँ थियो भने ने डिसेम्बरमा ४.२५ डलर अर्थात् ५५० रूपैयाँ पुग्यो।

योसँगै केही पसलमा एक दर्जन अण्डाको मूल्य आठ डलर अर्थात् करिब १ हजार ४० रूपैयाँ पुगेको छ। एभियन फ्लुले कुखुराको अण्डाको आपूर्तिमा असर गरेको छ।

अमेरिकी कृषि विभागको तथ्याङ्कअनुसार एक वर्षभन्दा कम अवधिमा ४४ करोडभन्दा बढि अण्डा दिने कुखुरा नष्ट गरिएकाे छ।

तर बर्डफ्लुका कारण मात्र नभई इन्धनको मूल्यवृद्धि, प्याकेजिङ र कुखुराको दानाको मूल्यवृद्धिजस्ता धेरै कारणले अण्डाको मूल्य बढिरहेको छ।

अण्डाको मूल्य बढेपछि मेक्सिको र क्यानडाबाट मानिसहरूले अण्डाको तस्करी गरिरहेका छन्।

अमेरिकी अधिकारीहरूले यस्तो गर्नेलाई १० हजार डलरसम्म जरिवाना गर्न सक्ने चेतावनी दिएका छन्।

माघ ७, २०७९ शनिबार २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।