‘उप–सभामुखको उम्मेदवारको यति धेरै बखान गर्नेले सभामुख किन नबनाको?’
काठमाडौं : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रतिनिधिसभा उपसभामुखको भूमिका भन्दा बढि कृत्रिम तारिफ भएको टिप्पणी गरेका छन्।
उपसभामुख चयन प्रक्रियाको छलफलमा भाग लिनेहरूले धरै तारिफ गरेको सुनिएको भन्दै उनले उपसभामुखलाई के अधिकार दिइएको छ र यति धेरै कृत्रिम तारिफ गरेको भन्दै प्रश्न गरे।
‘अहिले उपसभामुखका जो बखान भएको छ, यो कृत्रिम बखान हो। उपसभामुखको आखिर अधिकार हुन्छ के? हामीले देख्या छैनौँ?’ उनले भने।
उनले उपसभामुखको यति धेरै बखान गर्नेले सभामुखको उम्मेदवार किन नबनाएको भन्दै प्रश्न पनि गरे।
अब राजनीतिक पार्टीहरूको लडाइँ राष्ट्रपतिका लागि भएको बताए। सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएकाले २६ पुसबाट नै त्यसका लागि लडाइँ सुरु भएको बताए।
माघ ७, २०७९ शनिबार २०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।