उपप्रधानमन्त्रीको फुर्को हटाउने प्रस्ताव मैले नै राखिरहेकाे छु : मन्त्री लामिछाने

उपप्रधानमन्त्रीको फुर्को हटाउने प्रस्ताव मैले नै राखिरहेकाे छु : मन्त्री लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीको फुर्को हटाउने प्रस्ताव आफूले गठबन्धनमा राखेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठकपछि शनिबार सञ्चारकर्मीसँग उनले गठबन्धनबाट उपप्रधानमन्त्री पदले सरकारमाथि कुनै भार नथपिने भएकाले राखेको भने पनि आफूले भने गठबन्धनमा सहमति भए उपप्रधानमन्त्रीको फुर्को हटाउन तयार रहेको दाबी गरेका हुन्।

गृहमन्त्री लामिछानेले भने, ‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्। यसले थप भार पार्नेभन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाटै हटाइदिँदा हुन्छ, केही फरक पर्दैन। मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।’

गृहमन्त्री लामिछानेले एमाले सांसद् लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने दाबीसमेत गर्न भ्याए।

उनले भने, ‘हामी नतिजा निकाल्ने गरी काम गर्छौं। प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन‚ विज्ञप्ति जानकारीका लागि गरिएको हो। के भइरहेको छ भन्ने जानकारी दिनुपर्ने भएकाले हो।’

माघ ७, २०७९ शनिबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।