पक्राउ पुर्जी जारी भएका कोइरीसहित यी १० सांसद् उप–सभामुख निर्वाचनमा उनुपस्थित
काठमाडौं : शनिबार प्रतिनिधि सभाको उप–सभामुख पदका लागि निर्वाचन भयो।
निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् इन्दिरा रानामगरले १६६ सांसदको मतमा सभामुख बनिन्।
उनको पक्षमा १६६ मत खस्दा विपक्षमा ९७ मत परेको थियो भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे।
प्रतिनिधिसभाका २७५ सांसदमध्ये निर्वाचनमा २६४ जना सहभागी भएका थिए। सभामुख देवराज घिमिरे मतदानमा सहभागी भएनन्।
उनीबाहेक उप सभामुखको निर्वाचनमा वर्षमान पुन, कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, धवलशमशेर जबरा, बिनाकुमारी थनैत, मनोरमा शेरचन, राजेन्द्र प्रसाद पाण्डे र सपना राज भण्डारी अनुपस्थित रहे।
गृह मन्त्रालयले पक्राउको निर्देशन दिएका सांसद् लक्ष्मी महतो कोइरी पनि आजको संसद् बैठकमा उपस्थित भएनन्। उनलाई कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरले पक्राउ गर्न आदेश दिइसकेको छ।
यस्तै, सांसद् टेकबहादुर गुरूङ निलम्बित छन्।
माघ ७, २०७९ शनिबार १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।