न्यूजिल्याण्ड १०८ रनमै अलआउट, भारतले जवाफी ब्याटिङ गर्दै
काठमाडौं : घरेलु टोली भारतविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा न्यूजिल्याण्डले १०९ रनको लक्ष्य दिएको छ।
भारतको रायपुरस्थित शहीद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको न्यूजिल्याण्डले ३४.३ ओभरमा सबै विकेट गुमाएर १०८ रनमा समेटियो।
उसका लागि ग्लेन फिलिप्सले ३६, मिचेल स्यान्टनरले २७ र माइकल ब्रेसवेलले २२ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
न्यूजिल्याण्डलाई सस्तैमा समेट्न भारतका मोहम्मद सामीले तीन, वासिंग्टन सुन्दर र हार्दिक पाण्ड्याले दुई–दुई तथा कुलदीप यादव, शार्दुल ठाकुर र मोहम्मद सिराजले समान एक–एक विकेट लिए।
भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
तीन खेलको एक दिवसीय सिरिजमा भारत १–० ले अगाडि छ। उसले गत बुधबार भएको खेलमा न्यूजिल्याण्डलाई १२ रनले पराजित गरेको थियो।
एक दिवसीय खेलपछि भारतले न्यूजिल्याण्डसँगै तीन खेलको टी–२० सिरिज खेल्न्छ।
माघ ७, २०७९ शनिबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।