प्रदेश १ मा अवरुद्ध नेपाल टेलिकमको सेवा पुनः सुचारु

प्रदेश १ मा अवरुद्ध नेपाल टेलिकमको सेवा पुनः सुचारु

काठमाडौं : प्रदेश १ मा अवरुद्ध नेपाल टेलिकमको सेवा पुनः सुचारु भएको छ।

छोटो समयका लागि अवरुद्ध भएका सेवाहरू पुनः सुचारु भएको नेपाल टेलिकमले आफ्नो सामाजिक सञ्जालमार्फत जनाएको छ।

अप्टिकल फाइबर केबलमा समस्या आएर अवरुद्ध भएका सेवाहरू सञ्चालनमा आइसकेको अवस्थामा पनि कुनै स्थानमा केही सेवा प्रयोगमा कठिनाइ महसुस भएमा १९८ र १४९८ मा जानकारी गराउनसमेत कम्पनीले आग्रह गरेको छ।

यस्तै टेलिकमले सेवा अवरुद्ध भएर पर्न गएको असुविधाप्रति ग्राहकसँग क्षमासमेत मागेको छ।

माघ ७, २०७९ शनिबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।