'गृहमन्त्री लामिछानेले केटाकेटीपन देखाए'

'गृहमन्त्री लामिछानेले  केटाकेटीपन देखाए'

काठमाडौं : कांग्रेसका सांसद् रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले केटाकेटीपनको प्रदर्शन गरेको आरोप लगाएका छन्।

शनिबारको प्रतिनिसि सभामा बोल्दै सांसद् खतिवडानले गृहमन्त्री प्रहरीको फरार सूचीमा रहेका सांसद् लक्ष्मी महतो कुइरीलाई पक्राउ गर भन्दा गृहमन्त्रीले केटाकेटीपनको प्रदर्शन गरेर गम्भीर नबनेको आरोप लगाए।

‘गृह मन्त्रीले केटाकेटीपनको प्रदर्शन फरार आरोपी पक्राउ गर्ने क्रममा गर्नुभएन,’ उनले भने, ‘के देशको प्रहरी प्रशासनले गृहमन्त्रीलाई टेर्न छाडेको हो? मौखिक रुपमा निर्देशन दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने अवस्थाका सिर्जना भाको हो?’

सांसद् खतिवडाले गृह मन्त्रालयले फरार सांसद् पक्रन पत्र काट्नु अनुचित रहेको बताए।

उनले गृहमन्त्रालयले अपराधीलाई पक्राउ गर्नको साटो विज्ञप्तिबाजी गरेर मिडियामा सस्तो लोकप्रियता कमाउन लागि परकेो उल्लेख गरे। 

‘माननीय सांसद्ले अपराधी चिनाइदिनुपर्ने हो। अपराधी पक्राउ गर्नुको साटो विज्ञप्ति जारी गरेर बसेको छ,’ उनले भने, ‘सदनभित्र हतकडी लिएर आउनु भनेको छौ र? अपराधी पक्रन भनेका हौं। सभामुखसँग रुलिङ मागेका हौं।’

उनले उच्च अदालतले समेत पक्राउ गर्न आदेश गरेको मान्छेलाई किन पक्राउ गर्न नसकेको भन्दै पश्न गरे।

माघ ७, २०७९ शनिबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।