उपसभामुख चयनका लागि प्रतिनिधि सभा बैठक सुरु

उपसभामुख चयनका लागि प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं: प्रतिनिधि सभाको उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छन्।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन्।

यस्तै यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला छन्।

बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन्। दलीयरूपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नेछन्।

माघ ७, २०७९ शनिबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।