सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं: सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्। आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ। सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो।
घिमिरे यही माघ ५ गते प्रतिनिधि सभाबाट १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए।
माघ ७, २०७९ शनिबार १०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।