पाकिस्तानी रेलको ट्र्याकमा बम विस्फोट, ६ डिब्बा पटरीबाहिर

पाकिस्तानी रेलको ट्र्याकमा बम विस्फोट, ६ डिब्बा पटरीबाहिर

एजेन्सी : पाकिस्तानको बलुचिस्तानमा बम विष्फोट हुँदा रेलका ६ डिब्बा पटरीबाट खसेका छन्। दुर्घटनामा कम्तीमा आठ जना घाइते भएका छन्।

अधिकारीहरूले यो घटना कच्छ जिल्लाको बोलान क्षेत्रमा भएको बताएका छन्। यो पहाडी क्षेत्र भएकाले राहत कार्यमा बाधा पर्ने उनीहरूको भनाइ छ।

सहायक आयुक्त फहाद शाहले बीबीसीलाई भने, ‘अज्ञात व्यक्तिहरूले रेलवे ट्र्याकमा विस्फोटक पदार्थ राखेका थिए।’

घटनाको संलग्नताबारे अहिलेसम्म पुष्टि नभइसकेको उनले बताए। अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन।

यस क्षेत्रमा एक वर्षअघि पनि यस्तै आक्रमण भएको थियो। त्यसपछि यसको जिम्मेवारी प्रतिबन्धित संगठन बलूच लिबरेशन आर्मीले लिएको थियो।

माघ ६, २०७९ शुक्रबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।