मिचेकाे सार्वजनिक जग्गा खाली गर्न पाँचतारे रिसोर्टलाई जिल्ला अदालतको आदेश
बुटवल : जिल्ला अदालत रुपन्देहीले रूपन्देहीमा तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको पाँचतारे टाइगर प्यालेस रिसोर्टलाई मिचेको सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलाशले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकोले खाली गर्न अन्तिम आदेश दिएको हो।
स्थानीयले दायर गरेको मुद्दाको सुनुवाइ गदै इजलासले मागबमोजिम हुने आदेश दिएको हो।
तिलोत्तमा नगरपालिकामा रहेको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले मुद्दा दायर गरेका थिए।
माघ ६, २०७९ शुक्रबार १९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।