भारतपछि इजरायली राजदूतबीच परराष्ट्रमन्त्रीको शिष्टाचार भेट
काठमाडौं : परराष्ट्रमन्त्री डा. विमला राई पौडेल र नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरबीच शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार विहान भएको भेटमा द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।
यसअघि बिहीबार परराष्ट्रमन्त्री पौडेलले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरेकी थिइन्।
भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको बधाईको पत्र हस्तान्तरण गरेका थिए।
माघ ६, २०७९ शुक्रबार १८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।