आईपीओ जारी गर्दै आत्मनिर्भर लघुवित्त, वैदेशिक रोजगारीमा रहेकाले पनि आवेदन दिनसक्ने

आईपीओ जारी गर्दै आत्मनिर्भर लघुवित्त, वैदेशिक रोजगारीमा रहेकाले पनि आवेदन दिनसक्ने

काठमाडाैंः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गर्ने लागेकाे हाे। कम्पनीले प्रतिसेयर रु १०० का दरले दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण सेयर खुला गर्ने भएकाे छ।

जसमध्ये एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। यस बाहेक बाँकी २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्टाइएकाे छ।

त्यसैगरी, तीन हजार एक सय १७ कित्ता सेयर कर्मचारीलाई र १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएकाे छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ १६ देखि आगामी फागुन १ गतेभित्र आवेदन दिनुपर्ने छ भने सर्वसाधारणले आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। 

केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ दिएकाे छ।

माघ ६, २०७९ शुक्रबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।