नेपाल मागेको माग्यै, भारत सुन्दै सुन्दैन

नेपाल मागेको माग्यै, भारत सुन्दै सुन्दैन

काठमाडौं : नेपालले भारतसँग थप हवाइ मार्ग उपलब्ध गराउन आग्रह गरेको छ।

शुक्रबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यस्तो आग्रह गरेका हुन्।

भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाइ मार्गको अधिक चाप बढेकोले थप हवाइ प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीको सचिवालयले जनाएको छ।

जवाफमा राजदूत श्रीवास्तवले भारत नेपाली जनता र नेपालको हितमा सकारात्मक रहेको बतएका थिए। उनी थप हवाइ रूटका लागिसमेत सकारात्मक रहेको सचिवालयले जनाएको छ।

माघ ६, २०७९ शुक्रबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।