ए डिभिजन लिगकाे उद्घाटन खेलमा नवप्रवेशी क्लब खुमलटारले फ्रेन्ड्सकाे सामना गर्ने
काठमाडौंः सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा खुमलटार युवा क्लबले फ्रेन्ड्स क्लबकाे सामना गर्ने भएकाे छ। नेपाली फुटबलकाे सबैभन्दा ठूलाे घरेलु प्रतियाेगता, ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार लिगकाे पहिलो पाँच चरणको खेल तालिका सार्वजनिक गरेकाे छ।
जसअनुसार नवप्रवेशी टिम खुमलटार र फ्रेन्ड्स क्लबबीचकाे लिगकाे याे संस्करणकाे पहिलाे खेल दशरथ रंगशालामा फागुन १९ गते साँझ ५ः३० बजे हुनेछ।
खुमलटारसँगै चर्च ब्वाइज यसै वर्ष ए डिभिजनमा उक्लिएका क्लब हुन्।
डबल लिगका आधारमा खेलाइने प्रतियाेगितामा हरेक टिमले एक अर्कासँग दुई पटक खेल्नेछन्। १४ टिम सहभागी लिगमा प्रत्येक टिमले कुल २६ खेल खेल्नु पर्ने हुन्छ।
लिगका खेलहरू दशरथ रंगशाला र च्यासल खेल मैदानमा खेलाइने छ। लिगकाे उपाधि विजेता टिमले ७५ लाख र उपविजेताले ५० लाख नगद पुरस्कार पाउँने छन्।
माघ ६, २०७९ शुक्रबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।