सूर्यज्योति लाइफ इन्स्याेरेन्सद्वारा कम्बल तथा न्यानाे कपडा वितरण

सूर्यज्योति लाइफ इन्स्याेरेन्सद्वारा कम्बल तथा न्यानाे कपडा वितरण

काठमाडाैं : देशभर बढिरहेकाे जाडाेका बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा सूर्यज्योतिको न्यानोपन अभियानमार्फत् कम्बल तथा न्यानाे कपडा वितरण गरेको छ।

सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केहि राहत होस् भन्ने हेतूले असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरूवात गरेकाे कम्पनीले जनाएकाे छ।

ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको थियो।

साथै गुल्मीमा बौद्धिक अपाङ्गता भएका विधार्थीलाई न्यानो कपडा वितरण र माझीगाउँ बलिथुमका विपन्न परिवारहरूलाई न्यानो कपडा वितरण गरि सम्पन्न गरिएको थियो।

अभियानअन्तर्गत लक्ष्मीनिया गाउँपालिका, जलेश्वर, लाहान र वीरगञ्जमा पनि कम्बल वितरण कार्यक्रमहरू गरिएको थियो।

माघ ६, २०७९ शुक्रबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।