चिकित्सकको निगरानीमा रहने गरी अस्पतालबाट डिस्चार्ज भए माओवादी नेता पुन

चिकित्सकको निगरानीमा रहने गरी अस्पतालबाट डिस्चार्ज भए माओवादी नेता पुन

काठमाडाैंः माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्। वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उनलाई आज डिस्चार्ज गरिएकाे पुनकाे सचिवालयले जनाएको छ।

माघी मनाउनका लागि गतहप्ता रोल्पा पुगेका पुनलाई चीनमा उपचार गरेकाे पुरानै रोग जन्डिस बल्झिएपछि हेलिकप्टरबाट आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको थियाे।

माघ ६, २०७९ शुक्रबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।