अनमोलले एक्स नाइन फिल्मका लागि मिहिनेत गरेर ज्यान बनाए, तर छायाङ्कनमै नगएपछि छाडे
काठमाडौँ : छायाङ्कनमा जाने मिति सरेकोसर्यै गरेपछि अभिनेता अनमोल केसीले फिल्म 'एक्स नाइन : लेभल वान’ छाडेका छन्।
मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म एक वर्ष अगाडि नै निर्माण सकिनुपर्ने भए पनि अझैँ फ्लोरमै जान सकेको छैन। एक्सन थ्रिलर जनरामा बनाउने भनिएको फिल्मका लागि अनमोलले ज्यान समेत बनाएका थिए।
गत पुसबाटै फिल्म छायाकंनमा जाने गरी अनमोलसँगै अन्य कलाकारलाई निर्माण टिमले अनुबन्ध गरेको थियो। फिल्ममा अनमोलसँगै सौगात मल्ल, पुष्प खड्का, निश्चित बस्नेत लगायतका कलाकार अनुबन्ध भइसकेका थिए। नीति साह अभिनेत्रीमा अनुबन्ध गरेको टिम छायाङ्कनमा जान सकेन।
तर तोकिएको मितिमा फिल्म फ्लोरमै नगएपछि उनले साइनिङ अमाउन्ट समेत फिर्ता गरिसकेका छन्। सो फिल्ममा अनमोल महंगो रकममा अनुबन्ध भएको दाबी गरिएको थियो। उनले साइनिङ अमाउन्ट फिर्ता गरेको भनिए पनि कति रकम दिइएको थियो भन्ने खुलेको छैन।
माघ ६, २०७९ शुक्रबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।