प्रधानमन्त्री कपकाे उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्ने
काठमाडाैंः प्रदेश १ र सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि यी दुईबीच भिडन्त हुने भएकाे छ।
सुनसरीको इटहरीमा भएकाे पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनकाे फराकिलाे अन्तरले हरायाे।
खेलमा पहिले ब्याटिङ गरेकाे सुदूरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८० रनकाे ठूलाे स्काेर बनाएकाे थियाे। सुदूरको लागि कविता कुँवरले सर्वाधिक ७० र कप्तान विन्दु रावलले ६० रन जाेडे।
जवाफमा १८१ रनको विजयी लक्ष्य पछ्याएको मधेश २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ६८ रनमा समेटियाे।
त्यसैगरी, शुक्रबार नै भएकाे अर्काे सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले पनि अन्तिम दुईमा स्थान पक्का गरेकाे छ।
खेलमा पहिले ब्याटिङ गरेकाे एपीएफ मात्र ४५ रनमा अलआउट हुँदा ४६ रनको सहज लक्ष्य प्रदेश १ ले मात्र २ विकेटकाे नाेक्सनीमा पुरा गरेकाे थियाे।
माघ ६, २०७९ शुक्रबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।