‘सी’ डिभिजन लिग जेठ १ गतेबाट सुरू हुने

‘सी’ डिभिजन लिग जेठ १ गतेबाट सुरू हुने

काठमाडौं : शहीद स्मारक ‘सी’ डिभिजन लिग अगामी वर्षको जेठ १ गतेबाट सुरू हुने भएको छ।

एन्फा र क्लबका प्रतिनिधिबीच शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले लिगको मिति तय गरेको हो।

यसअघि क्लबहरूसँगको बैठकले प्रतियोगिताको पुरस्कार राशीबारे निर्णय गरिसकेको थियो।

लिगको च्याम्पियन्सले १० लाख रूपैयाँ जित्दा उपविजेता र सेकेण्ड रनरअपले क्रमशः ७ लाख र ४ लाख रूपैयाँ पाउनेछन्।

फेयर प्ले टोलीले ५० हजार र उत्कृष्ट खेलाडीले पनि सोही रकम प्राप्त गर्नेछन्। सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले ३५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।

प्रत्येक खेलको विजेता टोलीले पनि २० हजार रूपैयाँ जित्नेछ। तर, खेल बराबरीमा परेमा दुवै पक्षले ७ हजार पाँच सय रूपपैयाँ बाँडफाँट गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रूपैयाँ प्राप्त गर्नेछ।

एन्फाले प्रत्येक १४ क्लबलाई ११ लाख रूपैयाँ तयारी रकम उपलब्ध गराउनेछ।

माघ ६, २०७९ शुक्रबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।