अत्यधिक चिसोका कारण साेलुखुम्बुका ११० सामुदायिक विद्यालय बन्द

अत्यधिक चिसोका कारण साेलुखुम्बुका ११० सामुदायिक विद्यालय बन्द
तस्बिरः साेलुखुम्बु फेसबुक पेज

साेलुखुम्बुः अत्यधिक चिसोका कारण साेलुखुम्बुका ११० सामुदायिक विद्यालय बन्द भएका छन्। चिसाे बढेपछि जिल्लाका २६८ सामुदायिक विद्यालयमध्ये ११० विद्यालय बन्द गरिएका हुन्।

आठवटा पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका अधिकांश विद्यालय बन्द छन्।

खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्यालयमध्ये १४ बन्द छन् भने सोलुदूधकुण्ड नगरपालिकाका ६२ विद्यालयमध्ये ५८ बन्द रहेको शिक्षा शाखा संयोजक सन्तोषकुमार राउतले बताए। 

खुम्बुमा पुस दोस्रो साताबाट ४० दिनसम्मका लागि विद्यालय बन्द गरिएकाे हाे। नगरपालिकाभित्रका विद्यालय यही माघ २५ गतेपछि मात्रै खुल्ने जनाइएको छ। 

माघ ६, २०७९ शुक्रबार १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।