हामी कुनै पनि देशलाई नेपाली भूमिमा सैन्य गतिविधि गर्न दिंदैनाैंः केपी ओली

हामी कुनै पनि देशलाई नेपाली भूमिमा सैन्य गतिविधि गर्न दिंदैनाैंः केपी ओली

काठमाडाैंः एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि देशलाई नेपाली भूमिमा सैन्य गतिविधि गर्न नदिने बताएका छन्।

एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको भूमि कुनै पनि देशलाई प्रयोग गर्न नदिने र नेपाल सैन्य रुपमा कतै संलग्न पनि नहुने बताए।

‘हामी कसैको पनि सैनिक शिविर वा कुनै प्रकारको सैनिक गतिविधिहरु,अड्डाहरु हाम्रो देशमा राख्न दिंदैनौं,’ उनले भने ‘यदि कसैले नेपालमा यस्ताे गर्न खाेज्याे भने हाम्रो लागि त्याे हितकारी हुँदैन। हाम्रो सार्वभौम सत्तामाथिको अतिक्रमण हुन्छ।’ 

उनले कार्यक्रममा नेपालले सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता नगर्ने बताउँदै पारस्परिक लाभ र सम्मानको आधारमा सम्बन्ध राख्ने उल्लेख गरे।

माघ ६, २०७९ शुक्रबार १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।