सत्तागठबन्धनका तर्फबाट रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता
काठमाडौं: सत्तागठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
आज बिहान सम्पन्न पार्टीको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियाे।
यसअघि सत्ता साझेदार दलबीच एमालेलाई सभामुख र रास्वपालाई उपसभामुख पद दिने सहमति भएको थियो। सभामुखमा एमालेबाट देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
उपसभामुखमा उम्मेदवारी दिन लागेकी मगर समानुपातिक सांसद हुन्। यसअघि उपसभामुख पदमा काठमाडौं- २ बाट निर्वाचित सोविता गौतमलाई उठाउने चर्चा थियो।
माघ ६, २०७९ शुक्रबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।