नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिक चालकको मृत्यु
काठमाडौं: बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १० गणेशमान चोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक भारतीय नागरिक अन्दाजी ४० वर्षीय मोहम्मद यासिनको उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा राति नै मृत्यु भएको हो।
नेपालगञ्ज बजारबाट जमुनाहतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल गए राती साढे ११ बजे सडक डिभाइडरमा ठोकिएको थियो।
माघ ६, २०७९ शुक्रबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।