भारत रोजगारीमा गएर फर्किएका व्यक्तिको उपचारको क्रममा मृत्यु, चार दिनदेखि बेपत्ता राधिकाको मृत फेला
काठमाडौं: नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएका थिए। उनको उपचारका क्रममा बैतडी जिल्ला अस्पतालमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए। चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै चार दिनदेखि बेपत्ता सिँगास गाउँपालिका–६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका थलाकाँडा उबखोला भन्ने ठाउँमा मृत फेला परेकी छिन्।
राधिका यही माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केको बताइएको छ। घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी गर्दै जाँदा मृत भेटिएकी हुन्।
माघ ६, २०७९ शुक्रबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।