पुष्पाले जितिन् दाेस्राे पटक ढाका म्याराथनकाे उपाधि, नेपालकै विन्द्रालाई कास्य पदक

पुष्पाले जितिन् दाेस्राे पटक ढाका म्याराथनकाे उपाधि, नेपालकै विन्द्रालाई कास्य पदक

काठमाडाैंः नेपालकी खेलाडी पुष्पा भण्डारीले बंगलादेशमा भएकाे बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छन्।

पुष्पाले ढाका म्याराथनको दक्षिण एसियालीतर्फकाे प्रतिस्पर्धाकाे उपाधि जितेकी हुन्। उनले ढाका म्याराथनमा स्वर्ण पदक जितेकाे याे दाेस्राे पटक हाे। 

पुष्पाले यसअघि सन् २०२१ काे ढाका म्याराथनमा पनि यसै विधामा स्वर्ण पदक जितेकी थिइन्। गत वर्ष भने उनले कास्य पदकमा चित्त बुझाउनु परेकाे थियाे।

शुक्रबार भएको म्याराथनमा पुष्पाले निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेन्डको समयमा पूरा गरिन्। प्रतिस्पर्धामा  श्रीलंकाकी सुजनी परेरा दोस्रो हुँदा नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भइन्।

माघ ६, २०७९ शुक्रबार १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।