इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। आज बिहान सम्पन्न पार्टीको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि सत्ता साझेदार दलबीच एमालेलाई सभामुख र रास्वपालाई उपसभामुख पद दिने सहमति भएको थियो। सभामुखमा एमालेबाट देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
उपसभामुखमा उम्मेदवारी दिन लागेकी मगर समानुपातिक सांसद हुन्। यसअघि उपसभामुख पदमा काठमाडौं- २ बाट निर्वाचित सोविता गौतमलाई उठाउने चर्चा थियो।
माघ ६, २०७९ शुक्रबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।