भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान/अवतरण प्रभावित, नेपालगञ्जबाट काठमाडौं उडेको विमान चन्द्रगढीमा अवतरण

भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान/अवतरण प्रभावित, नेपालगञ्जबाट काठमाडौं उडेको विमान चन्द्रगढीमा अवतरण
फाइल तस्बिर

काठमाडौं: काठमाडौंको भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित बनेको छ। भिजिबिलिटी पर्याप्त नहुँदा काठमाडौं आएका विमान अन्तै डाइभर्ट भएका छन्।

बिहान ७ बजे बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ४४० विमान काठमाडौंमा अवतरण हुन नसक्दा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको थियो। बिहान ९ बजेर ६ मिनेटमा विमान चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो। पछि भिजिबिलिटी केही सुधार भएपछि ९ बजेर ४५ मिनेटमा उक्त विमान काठमाडौंका लागि उडेको थियो।

यस्तै मलेशियाको क्वलालालम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान पनि डाइभर्ट गरिएको छ। आरए–४१६ विमान काठमाडौंमा अवतरण हुन नसकेपछि कोलकाता पुगेको छ।

माघ ६, २०७९ शुक्रबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।