कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

काठमाडौं: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौँ बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेश सभाको बैठकबाट शर्माले विश्वासको मत लिन लागेका हुन्। यसबारे मङ्गलबार नै प्रदेश सभा सचिवालयलाई जानकारी गराइएको छ। प्रदेश सभामा कायम रहेका ४० सदस्यमध्ये सभामुखबाहेक सबैले मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुन्छ।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ बजे सर्वदलीय बैठक बस्दैछ। बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउँसो १ प्रदेश सभाको बैठक आह्वान हुनेछ।

प्रदेश सभामा माओवादी केन्द्रका १३, एमालेका १० तथा एकीकृत समाजवादी र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

माघ ६, २०७९ शुक्रबार १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।