अम्बानीका कान्छो छोराले गरे राधिका मर्चेन्टसँग इन्गेजमेन्ट

अम्बानीका कान्छो छोराले गरे राधिका मर्चेन्टसँग इन्गेजमेन्ट

एजेन्सी : भारतका अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टले मुम्बईस्थित अम्बानीको घर एन्टिलामा इन्गेजमेन्ट गरेका छन्।

केही दिनअघि अम्बानी परिवारले दुवैले विवाह गर्ने जानकारी गराएका थिए। अनन्त अम्बानीले अमेरिकाको ब्राउन युनिभर्सिटीमा अध्ययन गरेका छन्।

अनन्त रिलायन्स इन्डस्ट्रीजमा जियोको बोर्डको सदस्य हुनुका साथै विभिन्न पदहरू रहेर काम गरेका छन््। उनी हाल रिलायन्सको ऊर्जा व्यवसायको नेतृत्व गरिरहेका छन्।

राधिका न्यूयोर्क युनिभर्सिटीकी पूर्व छात्र हुन् र एङ्कर हेल्थकेयरको बोर्डमा छिन्। उनी ट्रेन्ड भरतनाट्यम डान्सर पनि हुन्।

माघ ५, २०७९ बिहीबार २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।