६५ लाख भनिएकाे ल्यापटपबारे बाेल्याे दूरसञ्चार प्राधिकरण, के भन्याे ?

६५ लाख भनिएकाे ल्यापटपबारे बाेल्याे दूरसञ्चार प्राधिकरण, के भन्याे ?

काठमाडाैं : नेपाल दूरसञ्चार प्राधिकरणले ६५ लाख रूपैयाँमा ल्यापटप किनेकाे विषय बुधबार राष्ट्रिय समाचार बन्याे।

६५ लाख रूपैयाँकाे ल्यापटप कस्ताे रैछ भनेर सबैले चासाेसमेत व्यक्त गरे। डेल कम्पनीकाे साधारण ल्यापटप देखेपछि भने याे विषयमा ट्राेल बन्न थाल्याे।

यस विषयमा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक प्राधिकरणकाे व्यापक आलाेचना भएपछि उसले बिहीबार प्रेस विज्ञप्ति निकालेर यसबारे स्पष्ट पार्न खाेजेकाे छ।

प्राधिकरणले वास्तविकतालाई तोडमोड गरेर जनमानसमा भ्रम सिर्जना हुने गरी समाचार आएकाेप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

६५ लाख रूपैयाँकाे भनिएकाे ल्यापटप Customized Drive Test Equipment भएको र विज्ञबाट तेस्रो पक्षीय परीक्षण गराउँदा उक्त उपकरण V-Probe Server नै भएको पाइएको प्राधिकरणले जनाएकाे छ।

लामो समयसम्म यस्ता संवेदनशील उपकरणहरू भन्सारमा रही प्रयोगमा नआउँदा बिग्रने सम्भावना रहनुका साथै परियोजना समयमा सम्पन्न हुन नसक्दा यस परियोजनाबाट सिर्जित हुने लाभबाट राज्य तथा उपभोक्ताहरू समेत बञ्चित रहने भन्दै उसले थप जानकारी आवश्यक भए प्राधिकरणमा सम्पर्क गर्न अनुराेध गरेकाे छ।

माघ ५, २०७९ बिहीबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।