खगेन्द्र बस्नेतको सम्झनामा पाँच जनालाई सम्मान

खगेन्द्र बस्नेतको सम्झनामा पाँच जनालाई सम्मान

काठमाडौं : नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक खगेन्द्र बहादुर बस्नेतको ९५ औँ जन्म जयन्ती र संस्थाको ५३ औँ स्थापना दिवसको अवसरमा अपाङ्गताको क्षेत्रमा योगदान दिनेहरू सम्मानित भएका छन्।

बिहीबार केन्द्रीय कार्यालय जोरपाटीमा आयोजना गरिएको कार्यक्रममा अर्थोपेडिक अस्पतालका संस्थापक डा. अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्व सभापति प्रा. शंकरराज पाठक, विद्यालयका पूर्व शिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा तथा फाउन्डेसनका निर्देशक लोप्साङ डोल्मालाई कदर पत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न विधाका खेलकुद प्रतियोगितामा सफल खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो।

संस्थाका सभापति साम्देन लामाको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उप प्रमुख सान्नानी लामा लगायतका व्यक्तिहरू सहभागी थिए। 

माघ ५, २०७९ बिहीबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।