सोनाम ल्होछार मनाउन टुँडिखेलमा सांस्कृतिक महोत्सव हुने

सोनाम ल्होछार मनाउन टुँडिखेलमा सांस्कृतिक महोत्सव हुने

काठमाडौं : सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ घेदुङ लगायत संघ संस्थाहरूको काठमाडौँको टुँडिखेलमा तीन दिन विशेष तामाङ सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ।

माघ ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेको हो। तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्वा, बोन्वो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने सङ्घले जानकारी दिएको छ।

तीन दिनसम्म तामाङ समुदायको विशेष खानाको परिकार, तामाङ भेषभूषा, तामाङ जातिसँग सम्बन्धित पुस्तक, गीति क्यासेट तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई समेत राखिने आयोजक संस्थाले जानकारी दिएको छ।

माघ ५, २०७९ बिहीबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।