तिब्बतमा हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु, कयौं बेपत्ता

तिब्बतमा हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु, कयौं बेपत्ता

एजेन्सी : दक्षिणपूर्वी तिब्बती सहर न्यङ्ची नजिकैको सुरुङबाट निस्किएको हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। कयाैं बेपत्ता भएका छन्।

मंगलबार राति आएको हिमपहिरोमा अहिलेसम्म कति जना बेपत्ता भएका भन्ने एकीन तथ्याङ्क नभएकाे बीबीसीले जनाएकाे छ। सयौं उद्धारकर्ता र ३० वटा ठूला मेसिनले घटनास्थलमा खोजी कार्यमा लागेकाे छ।

हिमपहिराेका कारण सडककमा गुडिरहेका कारहरू पल्टिएकाे अवस्थामा भेटिएका छन् भने सडक पूरै हिउँले ढाकेकाले उद्धारमा कठिनाइ भइरहेको एक स्थानीयले स्थानीय मिडियालाई बताए।

हिमाली क्षेत्रमा बारम्बार हिमपहिरो जाने गरेको छ। हिमपहिरो पश्चिमी चीनको दुर्गम र मुख्यतया बौद्ध क्षेत्र तिब्बतको मेडोग काउन्टी र मेनलिंग काउन्टीको पाइ शहर जोड्ने राजमार्गमा गएको हो।

एक महिलाले स्थानीय मिडियासँगको कुराकानीमा नयाँ वर्ष मनाउनका लागि आफू र श्रीमान् जाँदै गरेकाेमा पहिराेमा परी श्रीमान् बेपत्ता भएको बताइन्।

समुन्द्री सतहबाट करिब ३,१०० मिटरको औसत उचाइमा रहेको निङ्ची एक लोकप्रिय गन्तव्य हो।

माघ ५, २०७९ बिहीबार १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।