राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीकाे चाहना, ओली भन्छन्- ‘एमालेले उम्मेदवार उठाउँछ’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताएका छन्।
बिहीबार सभामुख चुनावपछि संसद् बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास जारी राख्ने बताएका हुन्।
‘सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ,’ उनले भने‚ ‘हामी त्यो कोसिस जारी राख्छौं।’
दाहालले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए।
‘सभामुखको निर्वाचनमा सत्ता साझेदार दल सबै एक ठाउँमा उभियौं,’ उनले भने, ‘उपसभामुख निर्वाचन पनि यहिअनुसार अघि बढ्छ।’
माघ ५, २०७९ बिहीबार १८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।