फुटबल चलिरहेकाे मैदानमा हेलिकप्टर ल्याण्ड गराएपछि तनाव, कुटिए पाइलट

फुटबल चलिरहेकाे मैदानमा हेलिकप्टर ल्याण्ड गराएपछि तनाव, कुटिए पाइलट

स्याङ्जा : फुटबल चलिरहँदा विना जानकारी हेलिकप्टर अवतरण गराएपछि जिल्लाको वालिङ नगरपालिकाको खेलमैदान तनावग्रस्त बनेको छ।

प्रथम वालिङ गोल्डकपमा दोस्रो सेमिफाइनल अन्तरगत आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहँदा एकाएक प्रभु हेलिकप्टर ल्याण्ड गराएपछि स्थिति तनावग्रस्त बनेको हो।

ल्याण्ड गराएपछि स्थानीयले हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात गरे। पहिलो हाफ चलिरहँदा हेलिकप्टर खेलमैदानमा झारिएको थियो।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर ४० हजार रूपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए।

हेलिकप्टर ल्यान्ड गर्दा मैदानमा भएका खेलाडीहरूको भागभाग चलेको थियो। पाइलट डङ्गोलले भने यात्रुले दवाव दिएपछि बाध्य भएर मैदानमै हेलिकोप्टर अवतरण गरेको बताए।

माघ ५, २०७९ बिहीबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।