विमानमै महिलालाई पिसाब गरेको घटनामा अभियुक्त मिश्रामाथि प्रतिबन्ध

विमानमै महिलालाई पिसाब गरेको घटनामा अभियुक्त मिश्रामाथि प्रतिबन्ध

एजेन्सी : एयर इन्डियाको फ्लाइटमा एक महिलालाई पिसाब गरेको मामिलामा एयरलाइन्स कम्पनीले शंकर मिश्रलाई चार महिनाको प्रतिबन्ध लगाएको जनाएको छ।

यसअघि ८ जनवरीमा टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले एयर इन्डियाको धेरै छिटो प्रतिक्रिया दिनुपर्ने राय दिएका थिए। टाटा समूहले अहिले एयर इन्डिया खरिद गरेको छ।

चन्द्रशेखरनले भनेका थिए, ‘हामीले यो अवस्थालाई जसरी सम्हाल्नुपर्ने थियो, त्यसरी सम्हाल्न असफल भयौं।’

घटनापछि अभियुक्त भनिएका शंकर मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेको थियो। उनी अहिले पनि हिरासतमै छन्।

यसैबीच, दिल्लीको पटियाला हाउस अदालतले ११ जनवरीमा आरोपी शंकर मिश्रालाई जमानत दिन अस्वीकार गरेको थियो।

माघ ५, २०७९ बिहीबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।