एमालेले राष्ट्रपतिका लागि उम्मेदवार उठाउँछ, नाम पछि भनाैंलाः केपी ओली
काठमाडौंः राष्ट्रपतिमा एमालेले आफ्नो उम्मेदवार उठाउने भएकाे छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका हुन्।
बिहीबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले सहमतिबाट नै राष्ट्रपति चयनको सम्भावना रहेकाे बताएका छन्।
उनले भने, ‘राष्ट्रपतिकाे चयन राष्ट्रिय सहमतिमा हुनुपर्छ, यसका लागि एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति भएकाे त्यही हो र त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ।’
एमालेबाट राष्ट्रपतिकाे उम्मेदवार काे बन्छ भन्ने बारेमा भने ओलीले पछि भनाैंला भनेर जवाफ दिन मानेनन्।
माघ ५, २०७९ बिहीबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।