ट्राफिकले नागरिक एपमा भएको ब्लुबुक र लाइसेन्सलाई मान्यता नदिने, साथमै बोक्नैपर्ने

ट्राफिकले नागरिक एपमा भएको ब्लुबुक र लाइसेन्सलाई मान्यता नदिने, साथमै बोक्नैपर्ने

काठमाडौं : ट्राफिक प्रहरीले नागरिक एपमा भएको ब्लुबुक र लाइसेन्सलाई मान्यता नदिने भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक सूचना निलकोर ऐन र कानून सम्झाउँदै ट्राफिक चेकिङका क्रममा नागरिक एपमा भएको ब्लुबुक र लाइसेन्स देखाए मान्यता नदिने जानकारी गराएको हो।

पाँच पटकभन्दा बढि सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चालक अनुमति पत्र अधिकार प्राप्त अधिकारीले ६ महिनासम्म निलम्बन गर्नसक्ने व्यवस्था रहेको र त्यसरी निलम्बन गरिएको जानकारी नागरिक एपमा जानकारी नहुने भएकाले पनि एपमा देखाएको लाइसेन्स र बिलबुकको मान्यता नदिने प्रहरीले जनाएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्ष्क वा नेपाल प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुममित पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्र हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था छ।

सवारी नियम उल्लंघन गरेमा कारबाही गर्नको लाग अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिने भएकाले पनि सवारी चालकले अनिवार्य रूपमा सवारीसँग सम्बन्धित कागजातहरू साथमै राखेर सवारी चलाउनुपर्नेसमेत कार्यालयले स्पष्ट पारेको छ।

माघ ५, २०७९ बिहीबार १७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।