गोरु पाले बापत ७७६ कृषकले पाए १० हजार अनुदान
सिन्धुपाल्चोकः बाह्रबीसे नगरपालिकाका गोरु पाल्ने ७७६ कृषकले प्रोत्साहनस्वरुप १० हजार रुपाैयाँ अनुदान पाएका छन्।
बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई याे अनुदान दिएको हो।
नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्र्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो।
नगर प्रमुख बस्नेतका अनुसार अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा गरेको हुनु पर्नेछ। अनुदानका लागि नगरपालिकाले रु दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ।
माघ ५, २०७९ बिहीबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।