यती एयर दुर्घटना अपडेट : ४६ शवको पोस्टमार्टम सकियो, ३० वटा परिवारलाई बुझाइयो

यती एयर दुर्घटना अपडेट : ४६ शवको पोस्टमार्टम सकियो, ३० वटा परिवारलाई बुझाइयो

काठमाडौं : माघ १ गते पोखरामा भएको यती एयरको विमान दुर्घटनामा बिहीबार दिउँसो ३ बजेसम्म मृत्यु भएका ४६ जनाको शवको पोस्टमार्टम गरिएको छ।

जसमध्येबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट ८ जनाको र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २२ गरी ३०जनाको शव परिवारलाई बुझाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अद्यावधिक विवरणमा पहिचान भएका शवहरू आफन्तलाई बुझाउने क्रम जारी रहेको र बाँकी शवको पहिचान र पोस्मार्टमको काम त्रिवि शिक्षण अस्पतालमा भइरहेको उल्लेख छ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल र सम्बन्धित निकायहरूबीच निरन्तर समन्वय भएर काम भइरहेको मन्त्रालयले जनाएको छ।

माघ ५, २०७९ बिहीबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।