साताकाे अन्तिम कारोबार दिन धेरै कम्पनीकाे सेयर मूल्य घट्याे, नेप्सेमा भने सामान्य वृद्धि
काठमाडाैंः साताकाे अन्तिम कारोबारकाे दिन (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा आज झिनो अंककाे वृद्धि भएकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७१ अंकले उकालो लागेर २१७८.८१ मा पुगेर बन्द भएकाे हाे।
आज कारोबार भएकामध्ये १०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएकाे छ।
यस दिनकाे कारोबारमा विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता सेयर तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ रुपाैयाँमा कारोबार भयाे।
कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्षस्थानमा छ। बैंकको रू १८ करोड चार लाख ४४ हजार ६ सय ५३ बराबरको सेयर कारोबार भयो।
त्यसैगरी, आर्दश लघुवित्तको सेयर मूल्यमा बिहीबार १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको छ।
माघ ५, २०७९ बिहीबार १७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।