बुद्ध एयरको जहाज ९० मिनेटसम्म आकाशमा घुमेको घुम्यै
काठमाडौं : पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज ९० मिनेटसम्म आकाशमै उडेको उड्यै भएको छ।
पोखराबाट काठमाडौं हवाइ उडान समय सामान्यतया ३० मिनेटको हो।
तर बिहीबार दिउँसो पौने २ बजे पोखराबाट उडेको जहाज काठमाडौंमा ३ बजेसम्म ल्याण्ड भएन। सवा २ मा ल्याण्ड हुनुपर्ने जहाज सवा ३ बजेसम्म आकाशमै घुमेको घुम्यै भयो।
काठमाडौंको आकाशमा बादल र कुहिरो लागेपछि भिजिबिलिटी कम भएकाले विमान ल्याण्ड गर्न नसकिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
भिजिबिलिटीकै कारण आन्तरिक र बाह्य उडानका जहाजसमेत होल्ड हुँदा एयर ट्राफिक जाम भएको थियो।
पाँच दिनअघि मात्र यती एयरको जहाज पोखरा विमानस्थलनजिक दुर्घटना भएको थियो।
पोखराबाटै उडेको विमान १ घण्टा थप आकाशमा होल्ड हुँदा धेरै यात्रु डराएको विमानमा सवार हास्यकलाकार मनोज गजुरेलले आफ्नो फेसबुकमा लेखेका छन्।
माघ ५, २०७९ बिहीबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।